कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु, ५६८ सङ्क्रमित



काठमाडाैँ । कोरोना भाइरसको सङक्रमणले आज एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा आज एक जनाको निधन भएको जनाइएको छ ।

यस्तै आज चार हजार ८०० परीक्षणमध्ये आज ५६८ जनामा सङ्क्रमण देखिएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ५३४ रहेको छ । त्यसैगरी विगत २४ घण्टामा ९५ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । काठमाडौँ जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित रहेको पाइएको मन्त्रालयले जनाएको छ ।


शून्य सङ्क्रमित भएका जिल्लामा मनाङ्, जाजरकोट, कालिकोट, मुगु, हुम्ला र बाजुरा छन् । अहिलेसम्म होम आइसोलेशनमा तीन हजार ४०७, संस्थागत आइसोलेशनमा १२७, सघन उपचार कक्ष (आईसीयू)मा २७ र भेन्टिलेटरमा दुईजनाको उपचार भइरहेको छ । यसैगरी विगत २४ घण्टामा ६३ हजार ३७२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।