कोरोना संक्रमणबाट जोगिन नागरिकलाई स्वास्थ्य मन्त्रालयको १० बुँदे अनुरोध



काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण दिनानुदिन बढिरहेकोले सावधानी अपनाउन अनुरोध गरेको छ ।

बिहीबार मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति जारी गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनेबारे १० बुँदे अनुरोध गरेका छन् ।


अनुरोधपत्रमा सरकारी, गैर सरकारी सबै कार्यालयहरु तथा मानिसको भिडभाड हुने ठाउँहरुमा अनिवार्य मास्क प्रयोग र प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, विमानस्थल, हवाईलगायत सार्वजनिक यातायातमा मास्क र स्यानिटाइजरको व्यवस्था अनिवार्य गराउनेलगायत छन् ।