काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु



काठमाडाैँ । काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो ।

बैठकमा स्थानीय तहको निर्वाचन–२०७९ को समीक्षा, भ्रातृ र शुभेच्छुक संस्थाका विधानको टुङ्गो लगाउने, मुलुकको समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


बैठकमा निकट भविष्यमा हुने सङ्घ र प्रदेशको निर्वाचनमा पार्टीको तयारीका विषयमा समेत छलफल हुने बताइएको छ । कांग्रेसले यसअघि असार २१ गते पदाधिकारी बैठकमा उपरोक्त विषयमा छलफल गरेको थियो ।