एआईजी विश्वराज पोखरेलले दिए पदबाट राजीनामा



काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । सोमबार एआईजी पोखरेलले मंगलबारदेखि लागू हुने गरी राजीनामा पत्र बुझाएका हुन् ।

सरकारले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेसँगै असन्तुष्ट बनेका पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । तर सर्वोच्चले रिट खारेज गरेपछि पोखरेलले राजीनामा दिएका हुन् । राजीनामा नदिएको अवस्थामा उनी साउन २० गते अनिवार्य अवकाशमा जाने थिए ।