आइतबार सार्वजनिक बिदा



काठमाडौँ । सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईदको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको गृहमन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।


गृह प्रवक्ता फणिन्द्रमणि पोखरेकाअनुसार राजपत्रमा प्रकाशित बकर ईदको सार्वजनिक बिदालाई मुस्लिम आयोगको अनुरोधमा असार २६ गते कायम गरि देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।