![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
तनहुँ । पृथ्वी राजमार्ग सडक खण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ तुरतुरेमा शनिबार बिहान पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग करिब चार घण्टापछि खुलेको छ । बिहान करिब ४ बजेदेखि पहिराका कारण अवरुद्ध भएको राजमार्ग पहिरो पन्छाएपछि नियमित सञ्चालनमा आएको हो ।
पहिराका कारण पूर्णरुपमा अवरुद्ध राजमार्ग डोजरका सहायताले पहिरो पन्छाएपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । चारवटा डोजर लगाएर पहिरो पन्छाएपछि अहिले निर्वाधरुपमा दुईतर्फी सवारी साधन सञ्चालनमा आएको उनले बताए । पृथ्वीराजमार्ग सडकखण्डअन्तर्गत तनहुँ जिल्लाको अन्य भागमा सडक अवरुद्ध नरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)