अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुँदै



काठमाडाैँ । अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् । उनलाई आजै शपथ ग्रहण गराउने तयारी छ ।

बजेट भाषणको अघिल्लो रात अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराई करका दरमा हेरफेर गरेको भन्दै विवादमा आएपछि उनले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।


तर यसबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले  बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको प्रतिवेदन बुझाएको थियो ।