अमेरिका पुर्याइएका १२ औं शताब्दीका टुँडाल नेपाल फिर्ता ल्याइयो



काठमाडौँ । सन् १९८० को दशकमा टेकु नजिकै ह्युमत टोलस्थित नारायण मन्दिरबाट हराएका १२–१३ औं शताब्दीका दुई टुँडाल नेपाल फिर्ता ल्याइएको छ ।

एक अमेरिकी कलाप्रेमी नागरिकले न्युयोर्कस्थित नेपाली कन्सुलेट जनरलमार्फत ती कलाकृतिहरू नेपाल फिर्ता ल्याइएको हो । उनले नेपालसम्म ल्याउन लाग्ने खर्च पनि व्यहोरीकी काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।


निमित्त मिशन उपप्रमुख एबिगेल अरोन्सनले मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई कलाकृतिलाई हस्तान्तरण गरेकी छन् ।