सुदूरपश्चिम प्रदेशसभाको बैठक : प्रशिक्षण प्रतिष्ठान ऐन संशोधनसम्बन्धी विधेयक पारित



सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन, २०७७’ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।

बैठकमा आर्थिक मामिला राज्यमन्त्री अमरबहादुर साउदले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । यसअघि उक्त विधेयकमाथि भएको दफावार छलफलमा प्रदेशसभा सदस्य लालबहादुर खड्का, श्यामलाल रानाथारु र हर्कबहादुर कुवँरले भाग लिएका थिए ।


बैठकमा आर्थिक मामिलामन्त्री प्रकाश रावलले प्रस्तुत गरेकाे प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भएको थियो । छलफलमा भरतबहादुर खड्का, महेशदत्त जोशी र सुशीला बुढाथोकीले भाग लिएका थिए ।