सिंहदरबार प्रवेश गर्दा मास्क अनिवार्य



काठमाडौँ । कोरोना संक्रमण बढेसँगै सिंहदरबारभित्र सुरक्षा सतर्कता अपनाउन परिपत्र गरेको छ। पुनः कोभिड बढ्न थालेपछि कोभिड–१९ संकट समन्वय केन्द्रले सिंहदरबारभित्र सुरक्षा सतर्कता अपनाउन परिपत्र गरेको हो ।

सिंहदरबार भित्रका सबै मन्त्रालय, कार्यालय र सचिवालयलाई परिपत्र गर्दै अब सिंहदरबारभित्र प्रवेश गर्दा मास्क अनिवार्य प्रयोग गर्नुपर्ने जनाएको छ । यस्तै सिंहदरबार भित्रका प्रत्येक मन्त्रालय र सचिवालयको प्रवेशद्वारमा सेनिटाइजरको व्यवस्था मिलाउनु पर्ने छ ।