सांसदहरुलाई मास्क लगाउन सभामुखको आग्रह



काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कोभिड १९ को पुनः जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन र सदनमा भाग लिँदा अनिवार्य मास्क लगाउन आग्रह गरेका छन् ।

‘कोभिड १९ को संक्रमण दर निरन्तर रूपमा बढ्दै गएको माननीय सदस्यहरुलाई विदिदै छ र संसद् बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउनु र मास्क प्रयोग गर्न हुन आग्रह गर्दछु,’ सापकोटाले भने ।


बैठकमा सभामुखको आग्रपछि सांसदहरुले मास्क लगाएका छन् ।