सभामुखद्वारा विधेयक प्रमाणित



काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटाले आज ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणित गरेका छन् ।

सभामुख सापकोटाले प्रतिनिधिसभामा उत्पत्ति भएर सङ्घीय संसद्को दुवै सदनबाट विभिन्न मितिमा पारित उक्त विधेयक प्रमाणित गरेकाे सभामुखको सचिवालयले जनाएको छ ।