सप्तरीमा ग्यास सिलिन्डर पड्किँएर आगलागी हुँदा तीन जना घाइते



सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा आज भएको आगलागीमा परेर तीन जना घाइते भएका छन् । बोदे बर्साइन नगरपालिका–१० खडगपुर बस्ने खगेन्द्र यादवको घरमा भएको आगलागीमा ग्यास सिलिन्डर पड्किँदा तीन जना घाइते भएका हुन् । आगो नियन्त्रणमा लिने प्रयासमा रहेका छिमेकी कारी दास, महेश यादव र धीरेन्द्र यादव घाइते भएका हुन् ।

घरमा रहेको एक थान ठूलो सिलिण्डर र दुई थान सानो सिलिण्डर पड्किएर उछिट्टँदा उनीहरू घाइते भएका हुन् । आगलागीमा खगेन्द्रको घर र छिमेकी वीरेन्द्र यादवको परालको टाली जलेर नष्ट भएको छ । खगेन्द्रको घरमा रहेको नगद रु एक लाख ५० हजार, तीन तोला सुन, तीन किलो चाँदी, आठ क्विन्टल चामल, २० क्विन्टल धान, एक क्विन्टल चना, ४० किलो तोरी एक थान साइकल र सिलिण्डरलगायत सामान जलेर नष्ट भएको पीडितले बताए ।