संसदीय निर्वाचनको अहिलेदेखि तयारी शुरु गर्नुपर्छ : अध्यक्ष लिङ्देन

sf7df8f}F, * ;fpg . g]kfn sDo'lgi6 kf6L{sf ;+:yfks dxf;lrj k'iknfnsf] $$cf}+ :d[lt lbj;sf] ;Gbe{df ljZjsf] e"–/fhgLlts tgfj / g]kfnsf] kl/l:ylt c+;nUgtf / /fli6«otfsf r'gf}lt ljifos hgjx; sfo{qmdnfO{ ;Daf]wg ub}{ g]kfn /fli6«o k|hftGq kf6L{sf cWoIf /fh]G› lnËb]n . t:jL/ M rG›snf If]qL, /f;;


माेरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी संसदीय निर्वाचनका लागि अहिलेदेखि तयारी शुरु गर्नुपर्ने बताएका छन् । राप्रपा केन्द्रीय प्रशिक्षण विभागद्वारा आज यहाँ आयोजित प्रदेश–१ स्तरीय दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले विगतको कमीकमजोरी हटाई आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिए ।

अध्यक्ष लिङदेनले पार्टीको जनमत वृद्धि गर्न ७५३ स्थानीय पालिकामा सङ्गठन निर्माण गर्न कार्यकर्तालाई निर्देशन दिँदै निर्वाचनमा पार्टीलाई परिवर्तनको संवाहकको रुपमा जनतालाई विश्वास दिलाउन आग्रहसमेत गरे । उनले निर्वाचनलाई जीवनमरणको रुपमा लिन कार्यकर्तालाई आग्रह गर्दै जनताको समृद्धिको चाहना पूरा गर्न पार्टीलाई सत्तागठबन्धनका दलको विकल्पका रुपमा स्थापित गर्र्नुपर्नेमा जोड दिए ।


अध्यक्ष लिङ्देनले भदौ अन्तिममा निर्वाचनका लागि उम्मेदवारको सूचि जारी गर्ने जानकारी दिँदै सोही महिनादेखि मुलुकभरि अभियानको रुपमा पार्टी प्रवेश तथा आमसभाको आयोजना गर्ने बताए । प्रशिक्षक प्रशिक्षण कार्यक्रममा राप्रपाका उपाध्यक्ष ध्रुवबहादुर प्रधान, केन्द्रीय सदस्य डा राजेश गिरी र सहप्रवक्ता दिनेश शाहले पार्टीको एजेण्डालाई स्थापित गराउन निर्वाचनमा उम्मेदवारलाई अत्यधिक स्थानमा विजयी गराउन आग्रह गरे ।

सो अवसरमा उपाध्यक्ष प्रधानले स्थानीय तह निर्वाचनको नतिजा र सङ्घीय र प्रदेशसभा निर्वाचन रणनीति, केन्द्रीय सदस्य डा गिरीले राप्रपाको मूल सिद्धान्त, वैचारिक दर्शन, सांगठनिक स्वरुप एवं भावी कार्ययोजना, जयवहादुर श्रेष्ठले साम्यवाद, समाजवाद, पूँजीवाद र उदारवाद, भुपेन्द्र भण्डारीले हिन्दु धर्म, राजसंस्था र भक्ति सिटौलाले व्यवहारिक राजनीति विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसैगरी नेत्रप्रसाद चम्लागाइले नेतृत्व विकास, खुस्बु ओलीले निर्वाचन, मतदान केन्द्र र मतगणनाको महत्व, याम ढकालले पार्टी दिशानिर्देशन र पार्टी एजेण्डा विषयक कार्यपत्र प्रस्तुत गर्ने सोही अवसरमा जानकारी दिइयो । प्रशिक्षणमा प्रदेशका १४ जिल्लाका अध्यक्ष, संसदीय क्षेत्र, प्रदेशसभा सदस्य क्षेत्र, महिला गरी दुई सयको सहभागिता छ ।