श्रीलङ्कामा सङ्कटकाल घोषणा



श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिङ्घले देशमा सङ्कटकाल घोषणा गरेका छन् । प्रधानमन्त्रीको कार्यालयका प्रवक्ताका अनुसार देशको पश्चिमी प्रान्तमा निषेधाज्ञा पनि जारी गरिएको छ ।

प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे देश छाडेर माल्दिभ्स पुगे लगत्तै विक्रमसिंघेले देशमा संकटकाल घोषणा गरेका हुन् ।