श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा माग



श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने आवाज उठेको छ । उनीहरुले आर्थिक सङ्कट समाधान गर्न नसकेको भन्दै राजीनामा माग गरिएको हो ।

श्रीलङ्काको गिर्जाघरको तर्फबाट राष्ट्रपति गोटाबाय राजापाक्ष र प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको राजीनामा माग गरिएको हो । उनीरूले आर्थिक सङ्कट, इन्धनको अभाव, मूल्य बृद्धि न्युनिकरण गर्न नसकेकोले पदमा बसिरहनुको औचित्य नरहेको गिर्जाघरको भनाइ छ ।


दुबै जना आफ्नो जिम्मेवारीमा असफल भएकाले उहाँहरुले तत्काल राजीनामा दिनुपर्ने तर्क गरिएको छ । उनीहरुले राजीनामा दिएमा अर्को व्यक्तिले संकटको समाधान गर्ने विश्वास पनि व्यक्त गरिएको छ । गिर्जाघरको तर्फबाट जारी गरिएको वक्तव्यमा राष्ट्रपति र प्रधानमन्त्री दुबैले नैतिकताका आधारमा आफै महसुस गरेर राजीनामा दिनुपर्ने उल्लेख गरिएको छ ।