वाम गठबन्धनका विषयमा प्रचण्ड, वामदेव र माधव नेपालबीच छलफल



काठमाडौँ । साविक नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का बहुमत सचिवालय सदस्यहरुबीच छलफल भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमबीच आइतबार साँझ भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली काङ्ग्रेससँको गठबन्धनलगायतका विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारी बनेको उनले बताए ।