डाेटी । बोगटान फुडसिल गाउँपालिकाको वडा नं १ मा पर्ने राष्ट्रिय वन क्षेत्रमा बनाइएका घरटहरा हटाउन वन कार्यालयले निर्देशन दिएको छ । चनुडाँडा सव डिभिजन वन कार्यालयले आज एक सूचना जारी गर्दै सरकारी वन क्षेत्रमा बनाइएका घरटहरा हटाउन निर्देशन दिएको हो ।
कार्यालयले वन अतिक्रमण गरी बनाइएका घरटहरा १५ दिनभित्र नहटाए सुरक्षाकर्मी लगाइ बलपूर्वक हटाइने जनाएको छ । घरटहरा हटाउन अटेरी गरे वन ऐन, २०७६ बमोजिम कारवाही गरिने चेतावनीसमेत वन कार्यालयले दिएको छ । जिल्लाका विभिन्न ठाउँमा सरकारी वन अतिक्रमण गरी अस्थायी तथा स्थायी घरटहरा निर्माण भइरहेका छन् ।