राष्ट्रपति भण्डारीसमक्ष ७ नवनियुक्त राजदूत लिए पद तथा गोपनीयताको शपथ



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त सात नेपाली राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहबीच पद तथा गोपनीयताका शपथ लिएका हुन् ।

शपथ लिने राजदूतहरुमा तीर्थराज वाग्ले (बहराइन), डोरनाथ अर्याल (ओमान), नवराज सुवेदी (साउदी अरेबिया), बासुदेव मिश्र (श्रीलंका), भरतकुमार रेग्मी (अष्ट्रिया) तथा संयुक्त राष्ट्रसंघ कार्यालय, भियनाका लागि नेपालको स्थायी प्रतिनिधि, सुशीलकुमार लम्साल (इजिप्ट) र घनश्याम भण्डारी (बंगलादेश) छन् ।