राष्ट्रपति भण्डारीद्वारा दुई मुलुकका लागि राजदूत नियुक्त



काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र मेक्सिको र बहराइनका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा आज संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत प्रा श्रीधर खत्रीलाई गणतन्त्र मेक्सिकोको गैह्रआवासीय र तीर्थराज वाग्लेलाई बहराइनका लागि आवासीय नेपाली राजदूतमा नियुक्त गरेकाे राष्ट्रपतिको कार्यालयले जनाएको छ ।