राष्ट्रपतिद्वारा दानबहादुर तामाङलाई गणतन्त्र दक्षिण अफ्रिकाका लागि राजदूत नियुक्त



काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मन्त्रिपरिषद्को सिफारिसमा दानबहादुर तामाङलाई गणतन्त्र दक्षिण अफ्रिकाका लागि आवासीय राजदूतमा नियुक्त गरेकी छन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तामाङलाई राजदूत पदमा नियुक्त गरेकाे राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन् ।