राष्ट्रपतिद्वारा चार देशका लागि राजदूत नियुक्त



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले चार देशका लागि नेपालको राजदूत नियुक्त गरेकी छिन् ।

मन्त्रिपरिषद्को सिफारिसमा डा शर्मिला पराजुली (ढकाल)लाई स्पेनका लागि नेपालको आवासीय राजदूत, मिलनराज तुलाधारलाई रूसी महासंघका लागि नेपालको आवासीय राजदूत नियक्त गरिएको छ ।


त्यस्तै, प्राडा राम स्वार्थ रायलाई डेनमार्कका लागि नेपालको आवासीय राजदूत र गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत डा शंकर प्रसाद शर्मालाई भुटानका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।