रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु



मन्थली । रामेछापबाट काठमाडौं आइरहेको बस दुर्घटना हुँदा कम्तिमा ९ जनाको मृत्यु भएको छ । मंगलबार रामेछापबाट काठमाडौं आइरहेको बा ३ ख ८३९६ नम्बरको बस सुनापती गाउँपालिकामा–५ खाँडादेवीमा सडकबाट करिब ४० मिटर तल खसेर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक राजु प्रसाद ढकालले दुर्घटनामा परी २१ जना घाइते भएको जानकारी दिएका छन् । घाइतेहरुलाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पुर्याएको छ । गम्भीर घाइते भएकाहरुलाई हेलिकप्टरबाट उद्धार गरिने भनिएपनि अहिलेसम्म हेलिकोप्टर नआइपुगेको प्रहरी निरीक्षक ढकालले जानकारी दिए ।