युक्रेनमा आक्रमण जारी राख्न पुटिनको आदेश



रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको लिसेचान्स्क सहर कब्जा गरेपछि आफ्ना रक्षामन्त्रीलाई युक्रेनमा आक्रमण जारी राख्न आदेश दिएका छन् । पुटिनलाई रुसी टेलिभिजनमा पहिले नै स्वीकृत योजना अनुसार आफ्ना लक्ष्य पछ्याउन अन्य मोर्चामा पनि अघि बढ्न आह्वान गर्दै गरेको देखाइएको थियो । लिसेचान्स्कमा कब्जा गर्नुको अर्थ लुहान्स्क क्षेत्र अब रुसी हातमा छ भन्ने हो ।

यसैबीच एकजना वरिष्ठ युक्रेनी अधिकारीले लिसेचान्स्क सहरमा आफ्नो नियन्त्रण गुमेपछि रुसी फौजलाई पश्चिमतर्फ अघि बढ्नबाट रोक्नका निम्ति आफूहरूले सैन्य सुदृढीकरण गरिरहेको बताएका छन् । रुसी कब्जामा रहेको लुहान्स्कका गभर्नर सेर्ही हाइडाईले युक्रेनी सेना पछि हट्ने क्रममा कुनै पनि क्षति नभएको बताएका हुन् ।


उनले रुसी सैनिकहरूलाई पश्चिमतर्फ थप अघि बढ्न नदिनका लागि युक्रेनी फौजले आफूलाई सुदृढ पारिरहेको दाबी गरेका छन् । उनले रुसीहरूले टाढैबाट हमला गरेर सहर ध्वस्त नपारुन् भनेर आफूहरूले त्यसलाई छाडेको बताए । उनले लुहासन्स्क रुसी नियन्त्रण जानु पीडादायी भएको भन्दै तर आफूहरूले एउटा लडाइँ हारे पनि पूरै युद्ध नहारेको बताएका छन् ।