यमनमा भारी वर्षाका कारण ८ जनाको मृत्यु



यमनमा अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढिमा परी विगत २४ घण्टामा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

राजधानी सानाको पश्चिमी क्षेत्रमा भारी वर्षाका कारण घर भत्किँदा दुई बालिकाको ज्यान गएको थियो भने धामार प्रान्तमा बाढीले बगाउँदा अन्य ६ जनाको मृत्यु भएको छ ।


जारी गृहयुद्धका बीच भारी वर्षा र बाढीले थप क्षति पु¥याएको तथा सफा खानेपानी र सरसफाइका धेरैजसो पूर्वाधारलाई भत्काएकाले वर्षायाममा महामारी फैलिने सक्ने भन्दै स्थानीयवासी चिन्तित देखिएका छन् ।