मोटरसाइकल दुर्घटनामा घाइते गिरीको मृत्यु



दमक । मोटरसाइकल दुर्घटनामा परेर घाइते हुनुभएका इलाम, चुलाचुली गाउँपालिका–३ पेल्टिमारीका ३१ वर्षीय नवीन गिरीको उपचारका क्रममै मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गको झापाको कमल गाउँपालिका – ५ स्थित सीतापुरी सडकखण्डमा यही असार २७ गते साँझ ७ बजेतिर मोटरसाइकलमा सवार गिरी साइकलसँग जुधेर दुर्घटनामा परेका थिए । उनलाई घटनास्थलबाट स्थानीयवासीले उद्धार गरी दमकको आम्दा अस्पतालमा पु¥याएका थिए ।


टाउकोमा चोट भएको उनको आम्दामा उपचार हुन नसकेपछि थप उपचारका लागि परिवारले विराटनगरस्थित न्युरो अस्पताल पु¥याएका थिए । त्यहाँ उपचारका क्रममा गएराति मृत्यु भएको दमक इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेकी साइकलमा सवार एक महिलाको समेत सोही अस्पतालमा उपचार भईरहेको छ ।