मालुखोलामा आएको बाढीले मालुबजारमा ठूलो क्षति



दोलखा । दोलखाको मालुखोलामा गएराति भीषण बाढी आएको छ । बाढीले तामाकोशी गाउँपालिका वडा नम्बर–४ मालुखोला बजारमा रामबहादुर खड्काको पक्की घर पूर्णरुपमा क्षति भएको र खड्का गम्भीर घाइते भएका स्थानीय दीपेन्द्र कुँवरले जानकारी दिए ।

त्यस्तै बाढीले आसपासको क्षेत्रमा रहेका घर, पसल, सडक, बाटो, खेत कटान गरेको छ । बाढीले मानेडाँडा, गैरागाउँतिर पुर्याएको क्षतिको विवरण भने नआएको कुँवरले जानकारी दिएका छन् ।