माओवादी निकट अखिल क्रान्तिकारी अन्ततः विभाजन



काठमाडौँ । लामो विवादमा फसेको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अन्ततः विभाजन भएको छ । अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा अलग्गै समानान्तर समिति घोषणा गरेसँगै सो संगठन विभाजन भएको हो ।

असन्तुष्ट समुहका उपदेश यादवले भने,‘अध्यक्षज्यूको समूहले विधान विपरित पदाधिकारी तथा केन्द्रिय समितिको संख्या थपे पछि हामीले आपत्ति जनाउँदै आएका थियौं तर उहाँले कुनै अनुरोध मान्नु भएन । संगठनलाई विद्यान बमोजिम अघि बढाउनका लागि हामीले १ सय ९९ सदस्यीय आयोजक समिति निर्माण गरेका हौं ।’


उनका अनुसार सो आयोजक समितिले संगठनलाई विद्यान बमोजिम काम कारवाही गराउन र सम्मेलनको तयारी गर्नेछ । वानेश्वरस्थित नेपाल कमर्श क्याम्पसवाट घोषणा हुने उक्त नयाँ कमिटीमा असन्तुष्ट पक्षका देशैभरका विद्यार्थी नेताहरुको समर्थन रहेको यादवले दावी गरेका छन् ।