माओवादीको केन्द्रीय समिति बैठक आज बस्दै



काठमाडाैँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । मंगलबारसम्म बस्ने भनिएको बैठक आज १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

आजको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ ।