बोरिङ खन्दा जोरपाटीमा बालुवा र लेदोसहितको ग्यास निस्कियो



काठमाडौँ । काठमाडौंको जोरपाटीमा पानीका लागि बोरिङ खन्दा ग्यास निस्किएको छ । स्थानीय सन्तबहादुर लामाको घरमा पानीका लागि बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो । सामाजिक संजालमा भिडियो र तस्बिर राख्दै रमेश खतिवडाले उक्त स्थानबाट ग्यास निस्किएको जानकारी गराएका छन् ।

बालुवा र लेदोसहित निस्किएको ग्यास करिब ५० मिटर माथिसम्म पुगेको देख्न सकिन्छ । प्रहरी र स्थानीयले दुर्घटना हुन नदिन त्यस क्षेत्रमा आगो बाल्न दिएका छैनन् । यसबारे अध्ययन गर्न प्रहरीले खानी विभागका अधिकारीहरुलाई बोलाएको छ ।