बजेट निर्माण प्रकरणः संसदीय छानबिन विशेष समितिको म्याद ७ दिन थप



काठमाडौँ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्नका लागि गठित संसदीय छानबिन विशेष समितिको म्याद एक साता थप गरिएको छ ।

बिहीबारको प्रतिनिधि बैठकमा सभामुख अग्ग्निप्रसाद सापकोटाले संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थप्न प्रस्ताव गरेका थिए । सदनले त्यो प्रस्ताव स्वीकार गरेको हो ।


यसअघि, गत असार २२ गते गठित समितिलाई १० दिनको समय दिइएको थियो । त्यो समयसीमा आज सकिँदै थियो । शर्मामाथि बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको आरोप लागेको छ । उक्त आरोपसँगै शर्माले पदबाट राजीनामा दिएका थिए ।