प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित



काठमाडौँ । नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् । अनिता विन्दुलाई पराजित गर्दै लम्साल अध्यक्षमा निर्वाचित भएका हुन्  । युनियनको महासचिवमा दिलिप पौडेल र वरिष्ठ उपाध्यक्षमा प्रेम केसी निर्वाचित भएका छन् ।

खुला उपाध्यक्षमा नकुल अर्याल  र भिष्मराज ओझा विजयी भएका छन् । त्यस्तै कोषाध्यक्षमा माधव धिताल विजयी भएका छन् । उपमहासचिवमा जीवन भण्डारी, सचिवमा मेनुका ढुंगाना, निर्वाचित भएका छन् । पदाधिकारीसहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा पनि लम्साल प्यानलकै बाहुल्य भएको छ ।