प्रधानसेनापति शर्मा र भारतीय राजदूतबीच भेटवार्ता



काठमाडौँ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानसेनापति प्रभुराम शर्मासँग शुक्रबार शिष्टाचार भेट गरेका छन् ।

सैनिक मुख्यालय जंगी अड्डामा उनीहरुबीच् भेटवार्ता भएको हो । भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।


‘यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।