प्रधानमन्त्री देउवासँग विदेश विभाग प्रमुख लिउको शिष्टाचार भेट



काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओले शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच दुई पक्षीय आपसीहितका विविध विषयमा भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


विदेश विभाग प्रमुख लिउ चार दिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आइपुगेका हुन् । उनले आजै परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि भेट्ने कार्यक्रम रहेकोे मन्त्रालयले जनाएको छ ।