प्रदेश १ का १४ जिल्लाका प्रहरी कार्यालयद्वारा रु ३९ करोड बढी राजस्व सङ्कलन



झापा । प्रदेश नम्बर १ का १४ जिल्लाका प्रहरी कार्यालयमा दर्ता भएका आठ हजार ५५ मुद्दाबाट रु ३९ करोड २१ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ । प्र

देश १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थको अवैध दोहन, अबैध काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन परिचालित कर्मचारी र प्रहरीबाट सो सङ्कलन भएको हो । प्र


देश प्रहरी कार्यालयका प्रवक्ता नवीनराज राईले आर्थिक वर्ष २०७८÷०७९ मा विभिन्न अपराधसम्बन्धी शीर्षकमा दर्ता भएका सो मुद्दामध्ये तीन हजार १७७ फछ्र्योट भइसकेको जानकारी दिए । विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसाला भई फरार रहेका एक हजार ७३८ पक्राउ गरी रु आठ करोड सात लाख ४७ हजार ६७५ राजस्व सङ्कलन भएको उनले बताए ।

यसैगरी विभिन्न जिल्लामा अवैध भन्सार चोरी निकासी गर्ने ७३ जना मानिसलाई पक्राउ गरी रु ११ करोड ७४ लाख ४६ हजार ९२९ राजस्व सङ्कलन भएको छ । नदीजन्य पदार्थको अवैधरुपमा दोहन गर्ने ३७ जना र ६४५ वटा नदीजन्य पदार्थ उत्खनन गर्ने र ओसारपसार गर्ने सवारी साधनलाई पक्राउ गरी रु ३३ लाख ३१ हजार ५०० राजस्व सङ्कलन भएको उनको भनाइ छ ।

उनका अनुसार अवैध काठ चोरी निकासीमा संलग्न ४७ जना मानिस गरी चार हजार ६४८ क्युफिट काठ बरामद गरी रु एक करोड चार लाख ३३ हजार ५३७ राजस्व सङ्कलन भएको छ । यसैगरी ट्राफिक व्यवस्थापनतर्फ यस आर्थिकमा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई लाख ६९ हजार ८२३ सवारी साधनलाई कारबाही गरी रु १८ करोड एक लाख ५९ हजार कार्यालयले राजस्व सङ्कलन गरेको छ ।

सोही अवधिमा प्रहरीले विभिन्न जिल्लाबाट रु आठ लाख १२ हजार ५१५ बोट गाँजा नष्ट गरेको छ । प्रदेश प्रहरी कार्यालयले सोही अवधिमा उत्कृष्ट कार्य गर्ने एक हजार ८६४ प्रहरी कर्मचारीलाई पुरस्कृत र प्रहरी आचरणविपरीत कार्य गर्ने ४२८ प्रहरी कर्मचारीलाई बिभागीय कारबाही गरिएको प्रवक्ता राईले बताए ।