प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित



काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखमा नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन् । नेकपा एमालेकी विद्या भट्टराईलाई पराजित गर्दै भुसाल उपसभामुख निर्वाचित भएकी हुन् ।

शुक्रबार संसदमा भएको मत विभाजनमा भुसालका पक्षमा १४८ मत परेको थियो भने भट्टराईका पक्षमा जम्मा ९३ मत परेको थियो । त्यस्तै एक जना सांसद भने यस प्रक्रियामा तटस्थ बसेका थिए ।


२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि खाली रहेको यो पदमा शुक्रबार मतदान भएको हो । अर्घाखाँचीकी भुसाल २०२८ सालदेखि राजनीतिमा आवद्ध छिन् ।