प्रचण्ड र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता



काठमाडौँ । नेपालको चारदिने भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

सोमबार ललितपुरको खुमलटारस्थित निवास पुगेर लिउले प्रचण्डसँग भेट गरेका हुन् । यसअघि आइतबार लिउले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कालगायतसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीसँगको भेटमा लिउले नेपालको भूमि चीन विरोधी गतिविधि हुन नहुनेमा ध्यानाकर्षण गराएका थिए ।