पेरूमा कोरोना सङ्क्रमितको सङ्ख्या ७० प्रतिशतले वृद्धि



पेरुमा कोरोना भाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या ७० प्रतिशतले वृद्धि भएको छ ।

सरकारी अधिकारीहरूले आइतबार दिएको जानकारीअनुसार पछिल्लो हप्ता पेरुमा १७ हजार ८४१ जना सङ्क्रमित भएका छन् । यो सङ्ख्या अघिल्लो हप्ताको भन्दा ७० प्रतिशतले बढी भएको जनाइएको छ । दक्षिण अमेरिकी यस मुलुकमा कोरोना भाइरसबाट अहिलेसम्म ३६ लाख ३४ हजार ९१८ जना सङ्क्रमित भएका छन् । त्यसैगरी अहिलेसम्म दुई लाख १३ हजार ५४५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।


स्वास्थ्य मन्त्रालयले ३० बर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिहरू बढी प्रभावित भएको देखिएको जनाएको छ । पेरुमा अहिलेसम्म सात करोड ८० लाखभन्दा बढी खोप लगाइसकिएको छ । दुई करोड ७० लाखभन्दा बढीले खोपको दुवै मात्रा लगाएका छन् । त्यसैगरी एक करोड ८० लाख भन्दा बढीले कोभिडविरूद्धको खोपको तीन मात्रा लगाएका छन् भने २० लाखभन्दा बढीले चौथो मात्रा पनि लगाएका छन् ।