पाल्पामा बस दुर्घटना, ६ को मृत्यु, १७ जना घाइते



रूपन्देही । पाल्पाको रिब्दीकोट गाउँपालिका–२ रिब्दीकोटमा आइतबार अपराह्न भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ महिला, ३ पुरूष गरी ६ जनाको मृत्यु भएको घटनास्थल रहेका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।

गुल्मीको मजुवाबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट २ मा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । बस सडकबाट २ सय मिटर तल खसेको छ ।