परराष्ट्रमन्त्री खड्का र विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता



काठमाडाैँ । परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा विचारविमर्श भएको मन्त्रालयले जनाएको छ ।


विदेश विभाग प्रमुख लिउले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी नेपाल र चीनबीचको आपसी हितका विषयमा छलफल गरेका थिए । विदेश विभाग प्रमुख लिउ नेतृत्वको प्रतिनिधिमण्डल नेपालको तीन दिने भ्रमणमा आज बिहान काठमाडौँ आइपुगेका हुन् ।