पछिल्लो समय नियोजित रूपमै लाञ्छना लगाउने क्रम बढ्योः प्रधानमन्त्री



हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय नियोजित रूपमै लाञ्छना लगाउने क्रम बढेको भन्दै निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउने बताएका छन् ।

शुक्रबारदेखि हेटौंडामा सुरु भएको नेपाल प्रेस युनियनको ९ औं महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले निष्पक्ष पत्रकारिता गर्नुपर्नेमा जोड दिएका हुन् । उनले भने,‘सत्यतथ्य सूचनाले मात्रै मुलुकको विकास हुन्छ । लोकतन्त्रलाई बलियो बनाउन स्वच्छ पत्रकारिता गर्न जरुरी छ ।’


प्रधानमन्त्री देउवाले निकट भविष्यमै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तोकिने बताए । उनले भने, ‘हामी आमनिर्वाचनको तयारीमा छौं । निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादित बनाउने गरी कलम चलाइदिनुहुन अनुरोध गर्दछु ।’