न्यायाधीश शाहलाई बर्खास्त गर्ने न्याय परिषद्को निर्णय



काठमाडाैँ । न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा कार्यरक्त न्यायाधीश रेणुका शाहलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बसेको परिषद्को बैठकले न्यायाधीश शाहलाई बर्खास्त गर्ने निर्णय गरेको हो । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार न्यायाधीश शाहलाई योग्यता नपुगेका कारणले पदबाट बर्खास्त गरिएको हो ।


पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद शाहकी छोरी रेणुका लामो समय सीटीइभिटीमा कार्यरत रहेको र न्यायाधीश हुनका लागि योग्यता पुष्टि गर्न नसकेपछि पदबाट हटाइएको परिषद्ले जनाएको छ । बैठकले रिक्त जिल्ला न्यायाधीश नियुक्तिका लागि सात दिने सूचना प्रकाशित गर्ने निर्णयसमेत गरेको छ । परिषद्को निर्णयअनुुसार आगामी सोमबार सूचना प्रकाशित हुनेछ ।