नेमकिपा अध्यक्ष बिजुक्छें र सिपिसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता



भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओबीच आज साँझ भक्तपुरमा शिष्टाचार भेटवार्ता भएको छ ।

आज भएको भेटवार्तामा चीन र नेपालको मित्रवत् सम्बन्धबारेमा छलफल भएका नेमकिपाका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईंले जानकारी दिए । उनले भेटबारे जानकारी दिँदै नेपाल र चीनको सम्बन्ध, नेपालको राजनीतिक परिवेश र नेपालसँगको मित्रवत् सम्बन्धलाई अझ मजबुद बनाउनेबारेमा छलफल भएको थियो ।


नेपाल चीनको असल र निकट मित्र रहेको तथा नेपालमा चिनियाँ विरोधी गतिविधि हुन नदिन सरकार सचेत हुनुपर्नेबारेमा छलफल भएको बताइएको छ ।