नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी डीआईजी राईलाई



काठमाडौँ । नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले पाएका छन् । 

प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारीका रुपमा डिआईजी राईलाई जिम्मेवारी दिइएको हो ।


यसअघिका केन्द्रीय प्रवक्ता एसएसपी विष्णु केसीको सरूवा भएपछि राईलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।