नेपालमा पाटेबाघको संख्या ३५५ पुग्यो



काठमाडौँ । नेपालमा पाटेबाघको संख्या उल्लेखनीय रुपमा बढेको छ । शुक्रबार अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पाटेबाघको संख्या ३५५ पुगेको घोषणा गरेका हुन् ।

बाघको सङ्ख्या दुई गुणाले वृद्धि गर्ने सङ्कल्प पूरा गर्ने पहिलो देश नेपाल बनेको छ । नेपालमा गरिएको पछिल्लो बाघ गणनाको नतिजाअनुसार चितवनमा १२८, बर्दियामा १२५, पर्सा ४१, शुक्ला ३६ र बाँकेमा २५ वटा गरी पाटेबाघको संख्या ३५५ पुगेको हो ।


अघिल्लो गणनाको तुलनामा नेपालमा १२० वटा बाघ बढेका छन् । बाघ संरक्षणको प्रतिवद्धता गर्दा सन् २०१० मा नेपालमा १२१ वटा बाघ थिए । बासस्थान व्यवस्थापन, उल्लेख्य आहारा प्रजाती, चोरी शिकार नियन्त्रण र बाघ संरक्षणमा समुदायको सहकार्यले गर्दा बाघको संख्यामा वृद्धि भएको बताइएको छ ।