निजी वन विस्तार गर्न ताप्लेजुङका कृषक आकर्षित



फुङलिङ । ताप्लेजुङका कृषक पछिल्लो समयमा निजी वन विस्तार गर्न आकर्षित हुँदै गएको छ । वनबाट राम्रो आम्दानी हुने र सहजरुपमा अनुदान पाउँन थालेसँगै निजी वन विस्तर गर्न किसान आकर्षित हुँदै गएको हुन् ।

डिभिजन वन कार्यालयबाट चालु आर्थिक वर्षमा निजी वन विस्तार गर्ने आठ किसानलाई अनुदान उपलब्ध गराएको छ । रु एक÷एक लाखका दरले रु आठ लाख निजी वन विस्तार गर्ने किसानलाई अनुदान उपलब्ध गराएको सो कार्यालयले जनाएको छ । अ


नुदान पाउनेमा मैवाखोला गाउँपालिका–२ का राजु तामाङ, फुङलिङ नगरपालिका–९ हाङ्देवाका लाक्पा छेकी शेर्पा, सुकेटारका ओम प्रकाश राई र ७ का अनिल खड्कालाई एक लाखका दरले अनुदान पाएका छन् । फुङलिङ–८ का उमानाथ पौडेल र मैवाखोला –२ का पहलमान लिम्बुलाई क्रमशः रु ३९ हजार र ४२ हजार अनुदान उपलब्ध गराएको वन कार्यालयले जनाएको छ ।

वनजङ्गल घेरा बारा, बोट बिरुवा काट छाँट र स्याहारका लागि अनुदान दिएको कार्यालयले जनाएको छ । अनुदान पाउने किसान साँच्चिकै मेहनती भएको अनुगमनमा पुगेको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेले जानकारी दिए । वास्तविक किसानलाई अनुदान दिनसके मात्र कार्यक्रमको सार्थकता हुने भएकाले छनोट गरेर मात्र अनुदान दिने गरेको सो कार्यालयले जनाएको छ ।

डिभिजन वनकार्यालय प्रमुखको संयोजकत्वमा फोकल टिम गठन गर्ने प्रावधान छ । प्रशासन, कोष तथा लेखा नियन्त्रक कार्यालय, फेकोफन, उद्योग वाणिज्य सङ्घ र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का प्रतिनिधिलाई ‘फोकल टिम’मा समावेश गर्ने गरेको छ । जिल्लास्थित छ ठाउँमा कार्यालयले नर्सरी स्थापना गरेको छ ।

डिभिजन वन कार्यालय, पाथीभरा सवडिभिजन कार्यालय तोक्मे, तेल्लोक, दोभान, सान्थाक्रा र तिरिङेमा नर्सरी स्थापना गरेको छ । ती छवटा ठाउँमा जडीबुटी बिरुवा एक लाख, वार्षिक बिरुवा एक लाख ५० हजार र बहुवर्षीय बिरुवा ३० हजार रहेको सहायक वन अधिकृत यादवले बताउनुभयो । सतुवा, बोजो, अमला, अर्रो, जापानिज सल्ला, टाँकी, निभारो, सुन्तला र कागतीका बिरुवा छन् ।