निजगढ विमानस्थल निर्माणक्षेत्रको निरीक्षणमा पुगे प्रधानमन्त्रीलगायत शीर्ष नेता



बारा । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली बारा पुगेका छन् ।

अवलोकनमा प्रधानमन्त्री देउवासहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, खानेपानी मन्त्री उमकान्त चौधरी रहेका छन् । 


टोलीले प्रस्तावित विमानस्थल निर्माणमा हुने क्षति र कमभन्दा कम क्षतिमा निर्माण गर्नेगरी प्रस्तावहरु ल्याउने जनाएको छ ।