नागरिकता विधेयक खारेज गर्न माग गर्दै प्रधानमन्त्री सहभागी कार्यक्रममा नाराबाजी



काठमाडौँ । नागरिकता विधेयक खारेज गर्नुपर्ने भन्दै एक युवाले प्रधानमन्त्री सहभागी कार्यक्रममा प्रदर्शन गरेका छन् ।

सोमबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित राष्ट्रिय विभुति भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा युवाले नागरिकता विधेयक खारेज गर भन्दै प्लेकार्ड प्रदर्शनसहित नारा लगाएका हुन् ।


उनले नागरिकता विधेयक खारेज गर, राष्ट्रियताको रक्षा गरौं, स्वाधिनताको रक्षा गरौ भन्दै नारा लगाएका थिए । त्यसपछि सुरक्षाकर्मीले उनीलाई कार्यक्रमस्थलबाट बाहिर निकालेका थिए ।