नागरिकता विधेयकका व्यवस्था विगतकै निरन्तरता : गगन थापा



काठमाडाैँ । नेपाली कांग्रेसका सांसद गगन थापाले वैवाहिक सम्बन्धका आधारमा अङ्गीकृत नागरिकता पाउने व्यवस्था विगतकै निरन्तरता बमोजिम नयाँ विधेयकमा गरिएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ माथिको छलफलमा भाग लिँदै नेता थापाले कुनै पनि नागरिक नागरिकताको अवसरबाट वञ्चित हुन नहुने बताए ।