दलाल पूँजीलाई पोसेर देशमा समाजवाद आउँदैनः अध्यक्ष नेपाल



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दलाल पूँजीलाई पोसेर देशमा समाजवाद आउन नसक्ने बताएका छन् । शनिबार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दलाल पुँजीलाई पोसेर र प्रोत्साहन दिएर देशको राष्ट्रिय पूँजीको प्रवद्र्धन हुनेकुरा सम्भव नहुने बताए ।

उनले देशको राजनीतिमा विकृति, विसंगति, व्यक्तिवादी प्रवृति देखापरेको भन्दै यसलाई निमिट्यान्न पारेर अघि बढ्न आवश्यक रहेको बताए । अध्यक्ष नेपालले पुष्पलालबाट दिक्षित भएर नै नयाँ पार्टी खोलेको बताए । अध्यक्ष नेपालले आफ्नो पार्टीले देशमा छुट्टै पहिचान बनाइसकेको भन्दै पार्टीको राजनीति देश र जनताका लागि मात्रै सीमित हुने बताए ।